हेटौंडामा कोरोना परीक्षणको लागि ११ हजारबढीको नमुना प्राप्त

किटजन्य रोग अनुसन्धान तालिम केन्द्रे हेटौंडा प्रयोगशालामा हाल सम्म ११ हजार १ सय ६१ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ ।
नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा राखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिएका छन् ।
उनका अनुसार हालसम्म कोरोना परीक्षण गरिएकामध्ये अधिकांश तराइका जिल्लाबाट प्राप्त भएको नमुना रहेका छन् ।
हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, धादिङ, सिंधुली, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।
प्रयोगशालामा शनिबार ३९९ जनाको नमुना परीक्षण भएकोमा ३ सय ९४ जनाको रिपोर्ट नेगेटिभ र ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उक्त प्रयोगशालामा शनिवार सर्लाहीका २ जना, रौतहटका २ जना र मकवानपुरका एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।