ड्युटीमा खटिएका प्रहरीमाथि हातपात

हेटौडा न्युज
४ श्रावण २०७७, आईतवार १४:५३
;

काठमाडौं  । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् । हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय कुमार रोक्कालगायत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरपालिका ३१ ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथि हातपात भएको हो ।

उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्दा देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात गरेको प्रहरीले जनाएको छ । उनको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*