बागमती प्रदेशका ८ हजारबढी घर फर्किए

हेटौडा न्युज
४ श्रावण २०७७, आईतवार १५:४७
;

काठमाडौं । बागमती प्रदेशका ८ हजारबढी विदेशबाट घर फर्किएको छन् । कोरोनाको महामारी बढेसँगै वैदेशिक रोजगारी, अध्ययन वा अन्य कामका लागि विदेशमा रहेका नेपालीहरुलाई सरकारले समन्वय गरेर स्वदेश फर्काइरहेको छ ।

हालसम्म सरकारले २९ हजार भन्दा बढी नेपालीलाई स्वेदश फर्काइसकेको छ । यही श्रावण २ गते सम्मको तथ्यांकअनुसार बागमती प्रदेशमा ८ हजार ६ सय २७ जना, प्रदेश १ मा ६ हजार १ सय ५१, प्रदेश २ मा ४ हजार ७ सय ५९, , गण्डकी प्रदेशमा ३ हजार ८ सय ६७, ५ नम्बरमा ४ हजार ९ सय ८२, कर्णाली प्रदेशमा ६ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ३५ जनाको उद्दार भइसकेको छ ।

सबै भन्दा बढी बागमती प्रदेशमा नेपालीहरु स्वदेश फर्किएका छन् ।

विदेशमा रहेका नेपालीको उद्दार गरेर सम्बन्धित स्थानीय तहमा पुर्‍याउनुअघि रहने होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेना र नेपाल प्रहरीले गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*