भोलीबाट सार्वजनिक सवारीसधान सञ्चालन हुने
काठमाडौं । भोलीबाट सार्वजनिक सवारीसधान सञ्चालन हुने भएको छ । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
अहिले जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइने भएपनि उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्।
विभागका महानिर्देशक गोगनबहादुर हमालले आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाटै सबै यातायात सञ्चालन गर्ने भएको बताएका छन् ।
सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएका हुन् ।
अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।
अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् ।