बालविवाहको आरोपमा २४ वर्षीय युवक पक्राउ

कास्की। बालविवाह गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँधीखोला गाउँपालिका वडा १ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारी रहेका छन् ।
तिवारीले गत असार २१ मा आँधीखोलाकै १७ वर्षीया एक किशोरीलाई बालविवाह गरेको भन्दै स्थानीयले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी विवाहसम्बन्धी कसूरअन्तर्गत ९बालविवाह० मुद्दा दर्ता गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
साथै तिवारीका बाबुआमा समेत ४ जनालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।