भान्जाको अपहरणपछि हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

काठमाण्डौ । भान्जाको अपहरण पश्चात हत्या गरि फरार रहेका एक जना १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्ता रहेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सर्लाहीको मलङ्गवा नगरपालिका ८ गोरखकालीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरेका थिए ।
रोहितका बुबा बासुदेवसँग अभियुक्तले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त भएका थिएनन् ।
बरु त्यसको ३ दिनपछि असोज २७ गते बालकको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फेला परेको थियो ।
घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो भने उनी हालपनि कारागारमै रहेका छन् ।