कोरोना संक्रमणमुक्त बन्यो ८ जिल्ला

हेटौडा न्युज
४ श्रावण २०७७, आईतवार १७:१५
;

काठमाडौं । नेपालमा कोरोनामुक्त जिल्लाको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका छैनन् ।

यी जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६ सय ९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए ।

उनका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*