थप एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या १७ हजारबढी

नेपालमा थप एक सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ५६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कोरोना पुष्टि हुनेको सङ्ख्या १७ हजार ६ सय ५८ रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म प्रदेश नम्बर १ मा आठ सय ३०, प्रदेश नम्बर २ मा चार हजार पाँच सय ५१, बागमती प्रदेशमा आठ सय ५६ र गण्डकी प्रदेशमा एक हजार तीन सय ८१ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा चार हजार एक सय ७२, कर्णाली प्रदेशमा एक हजार आठ सय १४ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५४ जनामा सङ्क्रमण देखिएको छ ।