चेपाङ बस्तीमा आगजनीको घटना प्रति माडी नगरपालिकाको ध्यानाकर्षण

चितवन । चितवनको माडीमा चेपाङ बस्तीमा आगो लगाईएको घटनालाई प्रति माडी नगरपालिकाले भत्सना गरेको छ । माडी नगरपालिका–९, कुसुम खोलामा रहेको चेपाङ समुदायको घर चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुको साथै हात्ती लगाएर घरहरु भत्काएकोमा माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आपत्ती जनाएको छ । वैकल्पिक व्यवस्था नगरी यस्तो अमानवीय कार्य गर्नेमाथि कारबाहीको माग समेत गरेको छ ।
विज्ञप्तीमा घरबार–बिहिन बनाइएको ती सुकुमवासी चेपाङहरुको लागि उचित व्यवस्थापनको लागि तत्काल व्यवस्थापन होस् भनि नेपाल सरकारसँग अनुरोध समेत गरिएको छ ।
निकुञ्ज प्रशासनले जग्गा अतिक्रमण गरी बनाइएको भन्दै माडी–९, कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ बस्तीका २ वटा घरमा आगो लगाएको र हात्ती लगाएर अन्य घर भत्काएको थियो ।