दार्चुलामा पहिरोमा परी २ जनाको मृत्यु

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १२:३१
;

बैतडी । दार्चुलामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाडमा पहिरोले घर भत्किँदा २ जनाको मृत्यु भएको हो।

आइतबार राति अबिरल वर्षाका कारण आएको पहिरोले घर भत्किँदा च्यापिएर नौगाड गाउँपालिका–६ मा ३५ वर्षीया मानमतीदेवि ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

पहिरोमा पुरिएका दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले परिगाउँका चार घर र समैजी आधारभूत विद्यालयको भवन बगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*