भीमफेदी–कुलेखानी सडक पहिरोका कारण अवरुद्ध

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १३:५७
;

मकवानपुर । हेटौंडा–काठमाण्डौं सडक खण्ड पहिरोका कारण पुर्ण रुपमा बन्द भएको छ । गएराति देखि परेको लगातारको वर्षाका कारण गएको पहिरोले हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दूरीको राजमार्ग पुर्ण रुपमा बन्द भएको हो ।

सो सडक खण्ड अन्तर्गतको भीमफेदी गाउँपालिकाको गढी नजिकै पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त इन्द्र बहादुर रानाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*