कटुवा पेस्तोलसहित एक जना पक्राउ

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १४:२२
;

धनुषा । कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनकपुर उपमहानगरपालिका ८, बजरंग चोकमा डेरा गरी बस्‍ने सर्लाही हरिपुर्वा नगरपालिका ८, बसतपुरका २१ वर्षीय सुनीलकुमार अधिकारीलाई पक्राउ गरेको हो ।

जनकपुरधामबाट पैदल हिँडिरहेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*