मकवानपुरमा कोरोना संक्रमितको संख्या ४० पुग्यो

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १५:४८
;

मकवानपुरमा । कोरोना संक्रमितको संख्या ४० जना पुगेको छ । आइतबार थप दुई जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४० पुगेको हो ।

आइतबार  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर १४ की २ महिलामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार कोरोना संक्रमित ४० जनामध्ये हालसम्म २६ जना संक्रमण निको भई घर फर्किसकेका छन् ।

जिल्लामा १ हजार ५ सय ६८ जनाको पीसीआर र १ हजार ९ सय ८ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*