सामाजिक सञ्जालमा भाइरल बाईकमा सवार युवायुवती यी हुन्
मकवानपुर । केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको यो तस्वीरका दुवैजना सरकारी कर्मचारी रहेको खुलेको छ । सरकारी नम्बर प्लेटको मोटरसाईकलमा काठमाडौंको सडकमा देखिएका दुवैजना धादिङको गल्छी गाउँपालिकामा कार्यरत इन्जिनियरहरु रहेको बताईएको छ । तस्वीरमा देखिएको प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटरसाईकल यातायात व्यवस्था विभागको रेकर्डमा धादिङको गल्छि गाउँपालिकाको नाममा दर्ता कायम रहेको छ ।
गाउँपालिकाको काममा प्रयोग हुने सो मोटरसाईकलमा सवारहरु केही दिन अघिमात्रै सरकारी सेवामा प्रवेश गरेका र सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर भर्न धादिङबाट काठमाडौं गएको गाउँपालिकाका सूचना अधिकारी बुद्धिप्रसाद भट्टले जानकारी दिएका छन् ।
भट्का अनुसार मोटरसाईकलमा सवार मध्ये चालक गाउँपालिकाको इन्जिनियर प्रभात बराल र पछाडी रहेकी युवती पालिकाकै सब–इन्जिनियर सविता शाही रहेको बताएका छन् । सब–इन्जिनियर शाही पालिकाको वडा नम्बर–१ र ७ मा कार्यरत रहेको सूचना अधिकारी भट्टले बताएका छन् ।
उनीहरु सवार मोटरसाईकल र सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेपछि मर्यादा विपरित कार्य गरेको भन्दै कारवाही प्रक्रिया अगाडी बढाएको छ ।










