धादिङ र चितवन जोड्ने पुल भत्कियो

धादिङ । अविरल वर्षाका कारण आएको बाढीले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलाको पुलमा क्षति पुर्याएको छ ।
सोमबार धादिङको बोनिघाट रोराङ गाउँपालिका–१० र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने पुल भत्किएको हो ।
बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएपछि यातायात आवतजावत नै ठप्प भएको छ । त्यसैगरी मोवाखोला नजिकैको ठाडो खोलाले एउटा टिपर पनि बगाएको छ ।