पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार ११:२०
;

धादिङ । पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, खबासेमा गएराति पहिरोले घर बगाउँदा तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृत्यु हुनेमा २५ वर्षका मिलन खाँण, उनकी श्रीमती २२ वर्षकी सम्झना खाँण र १८ महिनाकी छोरी अन्जिताको मृत्यु भएको हो ।

रातिको समय र एकान्तमा घर भएकाले पहिरोमा परेकाहरुलाई उद्धार गर्न नसकेको गएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिए ।
उनका अनुसार बुवा, आमा र भाइ भने सुरक्षित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*