बागझोरामा पानी बढेपछि सवारी आवागमन बन्द

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार ११:५१
;

मकवानपुर । भिमफेदी गाउँपालिकाका–१ मा रहेको बागझोरा (खहरे) मा पानीको बहाव बढेपछि हेटौंडा–काठमाडौं जोडेने सडक अवरुद्ध भएको छ। केहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण बागझोरा (खहरे) मा पानीको बहाव बढेपछि हेटौंडा काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडक खण्ड अवरुद्ध भएको हो ।

बागझोरामा पानीको बहाव बढेपछि सडकखण्ड अवरुद्ध भएकाले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो सडक खण्ड भएकर चल्ने ठुला सवारी आवतजावत गर्न दिइएको भएपनि साना सवारीलाई रोक लगाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्र बहादुर रानाले बताएका छन् ।

त्यस्तै हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको राजमार्ग पनि बनद रहेको छ । भीमफेदी–कुलेखानी सडकमा पहिरो खसेकाले सो सडक समेत बन्द भएको हो ।

भीमफेदी(कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका –६ जुरिखेत र चिसापानीगढी नजिक पहिरो खसेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण हिजो सो सडक खण्डको सोहि ठाउँ र इन्द्रसरोवर गाउँपालिका–२ मा खसेको पहिरो एक्साभेटर प्रयोग गरी पहिरो पन्छाएर बाटो सुचारू गरेको थियो।

बाटो अवरुद्ध बनेपछि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*