मकवानपुर क्याम्पसमा अध्यापनको तयारी

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार १२:०१
;

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसले अध्यापन गराउने तयारी गरेको जनाएको छ । करिब चार महिनादेखि बन्द रहेको क्याम्पसले पठन पाठन सुचारु गर्ने तयारी थालेको जनाएको हो ।

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण बन्द रहेको क्याम्पसको पठनपाठन लकडाउन खुकुलो भएसंगै सुचारु गर्ने तयारी थालेको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसले सम्भव भएसम्मका विद्यार्थीलाई अनलाइन माध्यमबाट पठनपाठन सुचारु गर्ने तयारी गरेको क्याम्पस प्रमुख डा। शंकरप्रसाद उपाध्यायले जानकारी दिएका छन्।

कक्षा ११ का विद्यार्थीको मूल्यांकन गर्ने, नियमित पठनपाठन सञ्चालन गर्ने तथा नया“ भर्नाको व्यवस्थापनको विषयलाई लिएर मकवानपुर बहुमुखी क्याम्पसको प्राज्ञिक समितिको बिहीबार छलफल गरेको छ । प्राज्ञिक समितिको छलफलपछि क्याम्पसले संकायगत छलफल गरिरहेको छ ।

शुक्रबार व्यवस्थापन संकाय प्रमुख, विभागीय प्रमुख तथा प्राध्यापकबीच छलफल सञ्चालन गरेको थियो भने सोमबार बिहान मानविकी तथा शिक्षाशास्त्र संकाय र विज्ञान संकायका प्रमुख एवम् विभागीय प्रमुख तथा प्राध्यापकहरुबीच छलफल गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक परीक्षा र कक्षामा विद्यार्थीको उपस्थितिका आधारमा मूल्यांकन गरी कक्षा ११ को वार्षिक नतीजा प्रकाशन गर्ने जनाएको छ । बोर्डले निर्देशिका जारी नगरिसकेको अवस्थामा क्याम्पसले आवश्यक तयारी गर्न सुरु गरेको क्याम्पस प्रमुख उपाध्यायले बताए । यस्तै क्याम्पसले साउन दोस्रो सातादेखि कक्षा १२ र स्नातक तहको पठनपाठन अनलाइनमार्फत सञ्चालन गर्ने तयारी गरेको मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक प्रमुख एवम् सहायक क्याम्पस प्रमुख डा। रामप्रसाद अधिकारीले जानकारी दिए ।

क्याम्पसमा ठूलो संख्यामा विभिन्न जिल्ला एवम् प्रदेशका विद्यार्थी भएकाले सबैलाई समेट्न नसकिए पनि सम्भव भएसम्मका विद्यार्थीलाई क्रमशः नियमित पठनपाठनमा सहभागी गराउने सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*