स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार १४:४९
;

रौतहट । स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हा रहेका छन् ।

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उक्त नगद फेला परेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*