नेपालमा थप १ सय ५० जनामा कोरोना पुष्टि, ६ सय ९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ९ सय ६३ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल देशका विभिन्न क्वारेन्टिनमा २१ हजार ७ सय ४ व्यक्ति बसिरहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ९ जना विभिन्न आइसोलेसन तथा अस्पतालबाट डिस्चार्ज भएका छन्।
आजसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ रहेको छ ।