२३ वर्षीय युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

ओखलढुंगा । जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मानेभन्ज्याङ हर्कपुरका बस्दै आएका सिरहा लाहान घर भएका चुने भन्ने राम शाहलाई पक्राउ गरेको हो ।
२३ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीको टोलीले शाहलाई पक्राउ गरेको हो ।
मानेभन्ज्याङ स्थीत सन्जु होटलको कोठामा शाहले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।