हेटौंडाको भेटेरिनरी अस्पतालमा भेटिदैनन् कर्मचारी

४ बजे नै कार्यालय रित्तो, पङ्खा फनन, प्रमुख केसी क्वाटरमा
हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार १९:००
;

मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडामा दिउसो ४ बजे पछि कर्मचारी भट्न गाह्रो भएको छ । हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सो कार्यालयमा आज दिउँसो ४ः३० बजे हेटौंडा न्यूजको टोली पुग्दा त्यस कार्यालयमा एक जना सहायक स्तरको कर्मचारी बाहेको कोहि पनि भेटिएनन् ।

अन्य कर्मचारी खै भन्ने प्रश्नमा ती महिला कर्मचारीले आफुलाई थाहा नभएको जानकारी दिइन् । हाकिम साप त यहि हुनु पर्ने हो भन्दै ती महिला कर्मचारीले क्वाटर तर्फ देखाइन् ।


हाकिम साप खोज्दै हामिले त्यस कार्यालयको सबै कोठा घुम्दासम्म हाकिम साप भने कतै देखिएनन् । कार्यालयमा पंखा घुमिरहेको थियो तर कुनै पनि कोठामा कर्मचारी भने थिएनन् । कार्यालयका कोठामा रहेको कुर्सी खाली थियो ।


हामीले सबै काठा घुमेर हाकिम सापकै कोठामा पुग्दा त्यस कार्यालयका प्रमुख शुशिल केसी पनि टुप्लुक्क त्यहि देखा परे ।


सो कार्यालयका कर्मचारीले आजको हाजिर भने गरेका छन् । यस विषयमा कार्यालय प्रमुख केसीले कर्मचारीहरु कार्यालयकै कामले निर्देशनालय गएको भन्दै ढाक छोप गर्ने प्रयास गरेका थिए ।


हामी पुग्दा लेखा प्रमुखको कोठामा भने ताला लगाइएको थियो । कार्यालय प्रमुख केसीका अनुसार लेखा प्रमुख विनिता सिंह मौखिक विदामा रहेको दाबी गरेका छन् । उनले भने बिहान देखि परीरहेको बर्षाका कारण लेखा प्रमुख सिंहको घरमा काम परेकोले बिदामा बसेको बताए ।


पशुपंक्षीहरुको औषधि गर्ने सो (अस्पताल) कार्यालयमा एक जना सहायकस्तरका कर्मचारी मात्रै कार्यालयमा भेटिएपछि त्यस कार्यालयले आम जनतालाई दिने सेवा माथि नै शंका उत्पन्न भएको छ ।


कृषक तथा सर्वसाधारणले पालेको पशुपंक्षी बिरामी हुँदा उपचार गर्ने यो अस्पतालमा समयमा कर्मचारी नभेटिदा नागरिकहरुलाई समस्या पर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*