बाढी–पहिरोबाट बागमती प्रदेशमा १० जनाको मृत्यु, २२ जना बेपत्ता

हेटौडा न्युज
७ श्रावण २०७७, बुधबार १०:१३
;

मकवानपुर । केहि दिनदेखि लगातार परीरहेको वर्षाका कारण देशले ठुलो जन धनको क्षति व्यहोर्न पर्ने बाध्यता रहेको छ । बागमती प्रदेशमा पनि लगातारको वर्षका कारण बाढि–पहिरोमा परी सोमबारसम्म १० जनाको मृत्यु छ ।

मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभाको बैठकमा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै उक्त कुराको जानकारी गराएका हुन् ।

बाढी–पहिरोबाट १४ जना घाइते र २२ जना बेपत्ता रहेको पौडेलको भनाई छ । भारी बर्षाको कारण धेरै स्थानमा पहिरो गएको बताउँदै उनले पुल बगाएको र ताल फुट्ने अवस्थामा पुगेको समेत जानकारी दिए ।

उनले उपत्यकाबाट बाहिरिने धेरै राजमार्ग अवरुद्ध भएको जानकारी दिए । उनले प्राकृतिक विपदको जोखिम न्यूनिकरणका लागि जनप्रनिनिधि र सुरक्षाकर्मीसंगको समन्वयमा काम भईरहको दाबी गरे ।

उक्त बैठकमा मुख्यमन्त्री पौडेलले बाढीपहिरोबाट मृत्यु भएका प्रत्येक परिवारलाई सरकारको क्षेत्रीय विपद् व्यवस्थापन इकाइले रु एक लाख राहत उपलब्ध गराउने, घाइतेहरुको तत्काल उपचार गर्ने र बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको तत्काल खोजी गर्न सम्बन्धित सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिइसकेको पनि स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*