लकडाउनको अन्त्यसंगै आजबाट मापसे चेकिङ सुरु

हेटौडा न्युज
७ श्रावण २०७७, बुधबार ११:५२
;

काठमाडौं । लकडाउनसंगै रोकिएको मापसे चेकिङ महानगरीय ट्राफिक महाशाखाले आजबाट सुरु गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन अन्त्य भएको औपचारिक घोषण गरेपछि ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो । यस्तै आजबाटै लागु हुने गरि लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाले जानाएको छ ।

महाशाखाका अनुसार ट्राफिक नियम उलङ्घन गर्नेलाई जरिवाना गरीने जनाएको छ ।

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्के टोलीसमेत परिचालन गरेको जनाएको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने जनाएको छ ।

महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अनुमगन गर्न सक्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*