पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार ११:०६
;

मकवानपुर । त्रिभुवन राजपथ पहिरोका कारण अवरुद्ध भएको छ । त्रिभुवन राजपथ अन्तर्गतको पालुङ–नौबिसे सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सो सडकखण्डको सात घुम्तीमा पहिरो खसेको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।

पहिरोका कारण विहानैदेखि सडक अवरुद्ध भएको प्रहरीले जानाएको छ ।

सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीचमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए।

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*