५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार ११:५०
;

काठमाडौं ।  ५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार साँझ नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र २५ पुरुषमा कोरोना पुष्टि भएको हो ।

थुनुवा ५ जना भारतीय नागरिक हुन् ।

उनीहरूको साउन ६ र ७ गते स्वाब संकलन गरिएको थियो ।  ९ महिने बालकदेखि लिएर ६० वर्षीय वृद्धसम्म संक्रमित भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*