बलात्कार गरेको आरोपमा मकवानपुरका तामाङ पक्राउ
मकवानपुर । ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरी टोलीले मकवानपुर कैलाश गाउँपालिका– ८ बस्ने १६ वर्षीय श्यामराज तामाङलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ ।










