भरुवा बन्दुक सहित तामाङ पक्राउ

भोजपुर । प्रहरीले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको दक्षिणि आमचोक गाउपालिका १० पाचांका बलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले बलबहादुर तामाङ र राजकुमार तामाङको घरमा खोजतलास गरेको थियो ।
खोजतलासको क्रममा वन्दुक फेला परेपछि बलबहादुलाई प्रहरीले पक्राउ गरेको छ ।
राजकुमार तामाङ घरमा फेला नपरेको हुँदा खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।