सडक भत्किएपछि करोडौँको सामग्री तातोपानीमै रोकिए

काठमाडौं । नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । भारी वर्षाको कारण आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नाका फेरी बन्द भएको हो ।
नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् ।
नाकामा झण्डै रु छ करोडको सामग्री रोकिएको भन्सार तथ्याङ्कले जनाएको छ ।
केही दिनअघि आएको बाढीपहिराले सडक कटानपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनसमेत सञ्चालन हुन सकेको छैन ।