नौबिसे–मुग्लिन सडकखण्डमा चल्न थाले साना सवारी

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १३:२८
;

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा साना सवारीसाधन चल्न थालेका छन् । पहिरोका कारण चार दिनदेखि बन्द रहेको सडकखण्डमा माइक्रो, मोटरसाइकल तथा एम्बुलेन्सलगायतका साना गाडी चल्न थालेको हो ।

इन्जिनियर कृष्णराज अधिकारीका अनुसार शुक्रबार बेलुकासम्म ठूला गाडी पनि चल्न सक्नेछन् ।

गत ५ गते भत्कीएको धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बनाईएको कारण साना सवारी चल्न थालेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*