श्रीमतीलाई अंश दिनुपर्ने भन्दै १० लाख डलर आगो लगाएपछि…

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १३:३६
;

एजेन्सी । श्रीमतीसँग आफ्नो सम्पत्ति अंश लगाउनु पर्ने भएपछि क्यानाडाका एकजना ब्यापारीले १० लाख क्यानेडियन डलर आगो लगाएर नष्ट गरेका छन् ।

सम्बन्धविच्छेद सम्झौताअनुसार पारपाचुके गरेकी श्रीमतीलाई अंश दिनुपर्ने अनी आफ्ना सन्तानको स्याहारका लागि पनि श्रीमतीलाई पैसा दिनुपर्ने भएपछि आफूले त्यसो गरेको उनको दाबी छ ।

गत साता अदालतमा दिएका बयान अनुसार क्यानाडाको राजधानी ओटावाका बासिन्दा रहेका ब्रुस मककोनभिलले विभिन्न ६ बैंकबाट २५ पटकसम्म गरी १० लाख क्यानेडियन डलर अर्थात् ८ करोड ६१ लाख नेपाली रुपैयाँभन्दा बढी झिकेको र पैसामा आगो लगाएका हुन् । उनले पहिलो पटक गत सेप्टेम्बर २३ मा ७ लाख ४३ हजार डलर नष्ट गरेको र पुनः डिसेम्बर १५ मा बाँकी २ लाख ९६ हजार डलर नष्ट गरेको अदालतमा बयान दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*