थप एक जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १४:३०
;

पर्सा । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

वीरगन्ज महानगरपालिकामा ८५ वर्षीया पतसिया देवीको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि बुधबार राति नारायणी गण्डक अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

मुटु र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी वृद्धाको आईसीयूमा राखेर उपचार हुँदाहुँदै शुक्रबार मृत्यू भएको कोभिड अस्पताल नारायणीका संयोजक डा. उदयनारायण सिंहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*