वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १५:४६
;

मलंगवा । वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं.३ धनकौलका
धर्मराज सिंहलाई केही युवाको समूहले कुटपिट गरेका थिए ।

अनुसन्धानका लागि हरिपूर्वा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तर कुटपिटमा को को संलग्न भएको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका सिंहलाई राति नै सर्लाही अस्पताल मलंगवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*