ढुङ्गाले लागेर १२ वर्षीय बालिकाको मृत्यु

चितवन । चितवनमा ढुंगाले लागेर १२ वर्षीय बालिकाको मृत्यु भएको छ । राप्ती नगरपालिका– १३ की वडा सदस्य सुमित्रा माया प्रजाकी छोरी सपना प्रजाको पहाडको माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको हो ।
राप्ती नगरपालिका मेयर प्रभा बरालका अनुसार घाँस काट्न जाँदा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको हो ।