करेन्ट लागेर ४० वर्षीय महिलाको मृत्यु

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १७:०४
;

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका– ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको थियो ।

अस्पताल पुगे लगत्तै डाक्टरले मृत घोषणा गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*