हेटौंडामा यात्रु ठग्ने ४ वटा सुमो प्रहरीले नियन्त्रणमा

हेटौडा न्युज
१० श्रावण २०७७, शनिबार ११:२८
;

मकवानपुर । हेटौंडामा महंगो भाडा लिएर यात्रु बोक्ने ४ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त चेकिङ टोलिले महंगो भाडा लिएर यात्रु ठगेको भन्दै नियन्त्रण्मा लिएको हो ।

तीन महिनाको लकडाउनमा थन्किएर बसेका सुमोले यात्रुलाई अत्याधिक ठग्न सुरु गरेको गुनासो बढेपछि प्रहरीले चेकजाँच गर्ने क्रममा सुमोलाई नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश ३–०३–००१ ज ००२८, प्रदेश ३–०३–००१ ज ००१८, ना १ ज ७३१८ र ना १ ज २५०५ नम्बरको सुमो नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका सुमोहरुले प्रति यात्रु ३ हजारसम्म भाडा उठाएको जनाइएको छ ।

लकडाउन अघि बागमती प्रदेशको राजधानी हेटौँडाबाट भीमफेदी – कुलेखानी हुँदै काठमाण्डौँसम्म जानको लागि टाटा सुमोले ४ सय ५० रुपैँया लिने गरेको थियो । तर तीन महिनाको लकडाउनमा थन्किएर बसेका ति सुमोहरुले यात्रुलाई अत्याधिक ठग्न सुरु गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*