गोरखामा पहिरो खस्दा खोला थुनियो, ८० घरधुरी जोखिममा
गोरखा । गोरखामा पहिरो खस्दा स्थानिय नौलीखोला थुनिएको छ । गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो खस्दा स्थानीय नौलीखोला थुनिएको हो ।
धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो खस्दा खोला थुनिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोले खोला थुनिएपछि त्यस मुनीका गाउँ जोखिममा परेका छन् । मापु डाँडा नै भासिएर झरेको पहिरोले खोला थुनेको जनाइएको छ ।
खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको बताइएको छ ।
खोला थुनिएपछि त्यस आसपासको बाटोबाट पैदल आउजाउसमेत बन्द गरिएको छ ।











