लकडाउनको अवधीमा २ हजार २ सय १८ जनाले गरे आत्महत्या

हेटौडा न्युज
१० श्रावण २०७७, शनिबार १४:५७
;

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर दुई हजार २ सय १८ वटा आत्महत्याका घटना भएका छन् ।

आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक गरेको हो ।

सबैभन्दा धेरै एक हजार १ सय ७२ पुरुषले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । आत्महत्या गर्नेमा ८ सय ११ महिला, ९४ बालक र १ सय ४१ बालिका छन् ।

सबैभन्दा धेरै झुन्डिएर आत्महत्याका एक हजार ८ सय २८ वटा घटना एका छन् । विष खाएर ३ सय ४६, आगो लगाएर आत्महत्याका ४ वटा घटना भएका छन्। औजार तथा हतियारबाट ८, हामफालेर १९ करेन्ट लगाएर एक र डुबेर आत्महत्याका १२ वटा घटना भएको नेपाल प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष ०७५/७६ को ०७५ चैत १ देखि २०७६ असार ३१ गतेसम्म आत्महत्याका दुई हजार २ सय ६७ घटना भएका थिए । सबैभन्दा धेरै झुन्डिएरै एक हजार ७ सय २८ ले आत्महत्या गरेका थिए ।

विष खाएर ५००, आगो लगाएर ६, औजार तथा हतियारबाट ६, हामफालेर १७ र डुबेर १० जनाले आत्महत्या गरेका थिए।

सबैभन्दा धेरै एक हजार २ सय ३२ पुरुष, ८  सय ४२ महिला, ९५ बालक र १ सय ५ बालिकाले आत्महत्या गरेका थिए ।

मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*