भरुवा बन्दुकले निधारमा हानेर राईले गरे आत्महत्या

उदयपुर । भरुवा बन्दुकले निधारमा हानेर एक जनाले आत्महत्या गरेका छन् । लिम्चुङबुङ गाउँपालिका ५ का विद्याराज राईले आत्महत्या गरेका हुन् ।
राईले आफ्नै घरमा भरेर राखेको भरुवा बन्दुकले हानेर आत्महत्या गरेको वडाध्यक्ष केशर कुमार खड्काले जानकारी दिए ।
शव पोस्टमाटमको लागि जिल्ला गाईघाट ल्याइएको र पोस्टमाटन रिपोर्टपछि थप जानकारी प्रहरीले जनाएको छ ।