सीमा नाकामा खटिएका थप १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

झापा । थप १८ जना प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । काँकडभिट्टा सीमामा खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ पछ्याउने क्रममा थप १८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
साउन ७ गते सशस्त्रका ४८ जनाको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।
शुक्रबार आएको रिपोर्टमा सशस्त्रका १ महिला र १७ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
१८ जनामा कोरोना पुष्टि भएसँगै काकडभिट्टा सीमाको सशस्त्र प्रहरी क्याम्पलाई सिल गरिएको छ ।