६ किलो अफिम सहित ४ जना पक्राउ
तुलसीपुर । ६ किलो अफिम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रोल्पाको सुनछहरी गाउँपालिका–२ निबासी २२ बर्षका लाल सिंह विक, ३२ बर्षका हर्कबहादुर घर्तीमगर, ३२ बर्षका लालमण घर्तीमगर र ३५ बर्षका दजुबहादुर रोकालाई पक्राउ गरेको हो ।
प्रहरीले गाँजासहित लु१च ६१७१ नम्बरको बलेरो जिप, लु४०प९८०६ नम्बरको पल्सर मोटरसाईकल र मोबाईल समेत बरामद गरेको जनाएको छ ।
गत शुक्रबार बिहीबार पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।










