ट्र्याक्टर ठक्करबाट एक जनाको मृत्यु

हेटौडा न्युज
१० श्रावण २०७७, शनिबार १८:५१
;

मोरङ । ट्र्याक्टर ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोरङको कटहरीमा ट्र्याक्टरले ठक्कर दिँदा जहदा गाउँपालिका ५ बस्ने ५० वर्षीय विलट राजभरको मृत्यु भएको हो ।

कटहरी गाउँपालिका–२ हल्दिबारीस्थित भित्री सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको २ त १३७६ नम्बरको ट्र्याक्टरले विपरित दिशाबाट आउँदै गरेका साईकल यात्री राजभरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका राजभरको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्र्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*