पूर्व डिआइजी कोइरालाको मुद्दाको सुनुवाइ आज

हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार ०९:२७
;

मकवानपुर । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद छुट फैसलामाथि आज सुनुवाइ हुने भएको छ । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका पूर्व डीआईजी कोइरालाको कैद छुट फैसलामाथि आज सुनुवाइ हुने भएको हो ।

श्रीमती हत्याको अभियोगमा जन्मकैद सजाय भोगिरहेका कोइरालाको कैद छुट फैसला अदालतको गलत निर्णय भएको भन्दै पुनः जेल पठाउन परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको हो ।

कोइरालालाई ११ वर्ष पहिले नै जेलमुक्त गर्ने फैसला गलत भएको भन्दै पुनः विचार गर्न माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा पुनरवलोकन निवेदनमा दर्ता गराएको थियो । उक्त पुनरवलोकन निवेदनमा आज फैसला हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*