सवारी दु्र्घटना हुँदा एकको मृत्यु, पाँच घाईते

हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार ०९:३०
;

बुटवल । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छनु । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–१ बनकट्टामा दुर्घटना हुँदा प्यूठान स्वर्गद्वारी नगरपालिका–६ का ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*