धनुषामा अर्द्धनग्न प्रदर्शन गर्दै दलितहरु
धनुषा । प्रदेश नं २ को राजधानी जनकपुरमा दलितहरुले सरकारको विरोधमा अर्धनग्न जुलुश प्रर्दशन गरेका छन् । सरकारी पक्षबाटै दलितहरुमाथि अमानविय तवरले हिंसा भएको विरोधमा धनुषाको जनकपुरमा अर्धनग्न जुलुश प्रर्दशन गरेका हुन् ।
पछिल्लो समय सरकारले दलितहरुमाथि मानविय संवेदना समेत नरहने गरी हत्या हिंशा तथा दमन गरेको उनीहरुको आरोप छ ।
सरकारले नै दलितहरुसंग सदैव विभेदपूर्ण व्यवहार गर्दै ज्यान समेत लिने गरेको आरोप लगाउदै जनकपुरमा दलित अगुवाहरुले लगाएको कपडा फुकालेर अर्धनग्न रुपमा नगर परिक्रमा गरेका थिएक ।
संयुक्त दलित संघर्ष समितिको ब्यानेरमा भएको विरोध प्रर्दशन जनकपुरको जनकचोकबाट सुरु गरेको प्रर्दशन शिव चोक, भानुचोक, कदम चोक हुंदै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पुगेर नाराबाजीसमेत गरेका थिए ।
जुलुस जिल्ला प्रशाशन कर्यालयबाट पुनः विद्यापति चोक, पुरानो बसपार्क , राम चोक हुंदै पुनः जनक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
उनीहरुले बिभिन्न समयमा दलितहरुको हत्या गरेका हत्याहरुलाई कारवाही नहुन्जेल सम्म आफूहरु आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
संघर्ष समितीले आफ्ना संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिका अनुसार श्रावण ११ गते अर्धनग्न जुलूस , १३ गते थाल जुलूस, १५ गते मृदंग जुलूस र १८ गते देखी अनिश्चित कालीन रिले अनशन बस्ने छ ।