बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार ११:०८
;

डडेल्धुरा । १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको भागेश्वर गाउपालिका –४ की मानसिक अवस्था सुस्त रहेकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका अन्दाजी ५२ वर्षीय डम्बरसिँह साउद र ४५ वर्षीय भोजबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

गत फागुनदेखि नै ललाई/फकाई गरी बाजे र काका नाता पर्ने दुई जनाले निरन्तर बलात्कार गर्दै आएको खुलेको छ । बालिकाको पेटमा ४ महिनाको गर्भसमेत रहेको परिवार स्रोतले खुलाएका छन् ।

आरोपित दुवै जनाविरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित किशोरीका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए ।
उजुरीपछि दुवै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*