घर भत्किँदा एकको मृत्यु, एक घाइते

पोखरा । मुस्ताङमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । थासाङ गाउँपालिका–२ न्याउरीकोटमा घर भत्किदा १७ वर्षीय निशान तुलाचनको मृत्यु भएको हो ।
उनका ७० वर्षका मावली हजुरबुबा रनप्रसाद गौचन घाइते छन् ।
ढुंगामाटोले बनेको दुईतले घर निरन्तरको वर्षाका कारण भत्किएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । घाइते रनप्रसादको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।