थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
मोरङ । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पतालमा) का थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
५८ जनाको पीसीआर जाँच गर्दा चार जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका २१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा थिए ।
यस्तै कोशी अस्पताल विराटनगरले संक्रमित नर्सले काम गरेको पोष्ट नेटल वार्ड शिल गरेको छ ।










