रौतहटको श्रीराम सुगर मिल बन्द

रौतहट । रौतहटको सबैभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल बन्द भएको छ ।
वर्षेनी करोडौं घाटा हुँदै आएको यो वर्षसम्म कूल २ अर्ब १७ करोड नोक्सानी पुगेको कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण झनै घाटा बढेकाले कम्पनी बन्द गरिएको कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सुचीकृत उक्त कम्पनीले नेप्सेमार्फत् बन्द भएको सूचना प्रकाशित गरेको हो ।
कोभिड सुरु भएपछि नेपालमा पहिलोपटक कंगाल भएको घोषणा गर्दै कम्पनी बन्द गर्ने निर्णय भएको हो ।