सर्पको टोकाईबाट ७ वर्षीय बालकको मृत्यु

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १६:२७
;

दाङ । सर्पको टोकाईबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका– ७ का राजन चौधरीलाई सर्पले डस्दा मृत्यु भएको हो ।

माछा मार्न गएका बेला ती बालकलाई बिषालु डसेको थियो । ती बालकलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि संर्प दंश उपचार केन्द्र गोरूसिंह लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभए पछि बालकलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*